Media Network

रविको राजनीतिमा प्रवेशसँगै विवादित ’द लिडर’ शो भन्छ – ब्याजसहित पैसा तिर्छौ


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

काठमाडौ । सञ्चारकर्मी रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम ’द लिडर’ विवादमा परेको छ ।

राजनीतिमा प्रवेश गरेका रविले सञ्चालन गर्ने भनिएको उक्त  कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।

कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । कार्यक्रमले भनेको छ,  ’रजिस्ट्रेसन शुल्क फिर्ताका लागि टिभी तथा सामाजिक सञ्जालमार्फत पटक–पटक सार्वजनिक सूचना पनि जारी गरेका थियौँ । रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको छ । फिर्ता नपाउनेहरूले कृपया सम्पर्क गर्नुहोला ।’कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको पनि सूचनामा भनिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद