रविका दाइ हरिशरणले स्वतन्त्रहरूको अलाइन्स घोषणा गरे


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
रविका दाइ हरिशरणले स्वतन्त्रहरूको अलाइन्स घोषणा गरे
काठमाडौ । सञ्चारकर्मी रवि लामिछानेका दाई हरिशरण लामिछानेले इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन्।

 रेडियोकर्मी लामिछानेले भन्दा अगाडि भाई रवि लामिछानेले पनि व्यवसायिक जीवन छाडेर राजनितीमा होमिएको घोषणा गरीसकेका छन् ।रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए।

हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं–३ बाट, रन्जु दर्शना काठमाडौं–५, पुकार बम काठमाडौं–१ र सुमन सायमी काठमाडौं–८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।  तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरण सक्रिय राजनीतिमा होमिएका हुन् ।उनले‘काठमाडौं–३ बाट उम्मेदवारी दिने भएका छन् ।