Media Network

सभागृहमा नमूना मतदान


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

काठमाडौं । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी रुपमा निर्वाचन आयोगले आवश्यक काम गरिरहेको छ । आज (शनिबार) काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप आज नमुना मतदान गराइएको हो । सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो ।

सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।काठमाडौं महानगरपालिकाको मेयर पदमा मात्रै ५५ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा पाँच दलीय गठबन्धनबाट काँग्रेसकी सिर्जना श्रेष्ठ उम्मेदवार रहेकी छन् भने एमालेबाट केशव स्थापित उम्मेदवार रहेका छन् । त्यस्तै स्वतन्त्रबाट बालेन शाहको उम्मेदवारी रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद