Media Network

सभामुख सापकोटाद्धारा पाँँचवटा विधेयक प्रमाणीकरण


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् । 

 विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका हुन् ।  सभामुखले प्रमाणीकरण गरेका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रुप लिने संवैधानिक व्यवस्था छ । सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,  आर्थिक वर्ष २०७९ ÷०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।  

उक्त विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने छ ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद