शनिबार पुर्वी नवलपुरको दलदलेमा आयोजित कार्यक्रममा दुई दलका नेताहरु आ –आफ्नो कार्यक्रमका लागि आउन लागेका हुन् ।।नेकपा माओवादी केन्द्र नवलपुरले आयोजना गर्न लागेको कार्यकर्ता प्रशिक्षण र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रचण्ड दलदले आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र नवलपुरले जनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न लिङ्देन दलदले आउन लागेका राप्रपाले जनाएको छ ।
प्रचण्ड ११ बजे र लिङ्देन ११ः३० बजे आईपुग्ने कार्यक्रम रहेको दुवै आयोजकले जनाएका छ्न ।