Media Network

सेफ्टी ट्याङ्कीभित्र खसेर दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ तमुटोलस्थित सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उक्त ट्याङ्कीभित्र खसेर दुई जनाको मृत्यु भएको छ । 

कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २३ वर्षीय राम चौधरी र २४ वर्षीय छतिराम चौधरीको ट्याङ्की सफा गर्ने क्रममा उक्त ट्याङ्कीभित्र खसेर बुधबार साँझ मृत्यु भएको हो । 

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू उक्त ट्याङ्कीभित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी  कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई मृत अवस्थामा फेला पारेको हो । 

यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ फिस्टेल मार्ग बस्ने ६५ वर्षीय रेशमलाल शर्माको आफ्नो एउटा घरबाट अर्को सटिएको घरमा जानेक्रममा लडेर भुईमा खस्दा बुधबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता, दोलखाको बिगु गाउँपालिका–६ आलम्पु बस्ने ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर बुधबार बिहान मृत्यु भएको  छ । घर नजिकैको जंगलमा दाउरा लिन गएका उनी अस्करडाँडाको भीरबाट लडेको प्रहरीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद