Media Network

सिंगो हुप्सेकोट गाउँपालिकाको ६ वटै वटा कांग्रेसको पोल्टामा


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

नवलपुर । पुर्वी नवलपुरको हुप्सेकोट गाउँपालिकाको सबै वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । त्यहाँको ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । 

नेकपा एमालेका प्रतिद्वन्द्वीलाई हराउँदै नेपाली कांग्रेसका लक्ष्मी पाण्डेले पुनः गाउँपालिकामा अध्यक्षमा विजयी भएकी छन । नेपाली कांग्रेसका लक्ष्मी पाण्डे ६ हजार ४ सय ५५ मत प्राप्त गर्दा  नेकपा एमालेका चेत बहादुर रानाले ५ हजार ७ सय ४१ मत पाएका थिए ।

यस्तै उपप्रमुख पदमा पनि नेपाली कांग्रेस कै उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याएका थिए ।

स्थानीय तह निर्वाचन २०७९ मा नवलपुरमा नेपाली कांग्रेसको  यो पहिलो जित हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद