Media Network

सगरमाथाको हिउँ पग्लियो


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौ । पछिल्लो समयमा जलवायु परिवर्तनका प्राकृतिक अवस्थामा परिवर्तन आएको छ । देशभरको मौसमी अवस्थासँगै विश्वको सर्वोच्च शिखर सगरमाथा उच्च स्थानमा रहेको हिमनदी निकै तिव्र गतिमा पग्लिरहेको छ । 

अमेरिकाको मेन विश्वविद्यालयको टोलीले गरेको एक अध्ययन अनुसार साउथ कोल हिमनदीमा पछिल्लो २५ वर्षमा १ सय ८० फिट बाक्लो हिउँ पग्लिएको छ ।समुन्द्रि सतहबाट झण्डै ७ हजार ९ सय ६ मिटरको उचाइमा रहेको हिमनदी जम्न लागेको समयमा भन्दा ८० गुणा तिव्र गतिमा पग्लिरहेको पाइएको हो । बढ्दो तापक्रम र तिव्र गतिमा हावा चल्दा हिमनदी तिव्र गतिमा पग्लिरहेको विश्वविद्यालयले जनाएको छ । सन् १९९० को दशकमा भएको अध्ययन अनुसार जम्नका लागि २ हजार वर्ष लागेको हिमनदी २५ वर्षमा पग्लिएको प्रकाशित जर्नलमा उल्लेख छ । हिमनदि पग्लिदै गर्दा सगरमाथाको उच्च भागहरु तथा हिमाली क्षेत्रमा कालो देखिन थालेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद