Media Network

संक्रमण बढे स्मार्ट लकडाउन !


खबरस्टोरी संवाददाता

२४ पुष २०७८,शनिबार

काठमाडौ । कोरोना संक्रमण दिनानुदिन बढ्न थालेसँगै उच्च सतर्कता अपनाउन सीसीएमसको बैठकले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)कोे बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिनुपर्नेमा सदस्यहरुले जोड दिएका छन्। त्यस्तै सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिनुपर्ने बताएका छन ।

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल भएको थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद