Media Network

सुख्खा पहिरोमा तीन कामदार पुरिए


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

काठमाडौं । धादिङमा बिहीबार बिहान सुख्खा पहिरोमा तीन जना कामदार पुरिएका छन् । 

रूबीभ्याली गाउँपालिका वडा नम्बर १  पुरू भन्ने स्थानमा बाटो खनिरहेको डोजरसहित तीन कामदार पुरिएका हुन् । 

डोजरसहित दुई जना अपरेटर र एक जना साइट हेर्ने कर्मचारी पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । 

डोजरले सडकको ट्र्याक खनिरहेको अवस्थामा सुख्खा पहिरो खस्दा पुरिएको रूबी भ्याली गाउँपालिकाका अध्यक्ष चेरूङ तामाङले बताए । घटनाको झण्डै तीन घण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद