Media Network

संखुवासभा सामूहिक हत्याकाण्ड: ४ जनालाई आजीवन कारावासको सजाय


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडाैं। संखुवासभा मादी नगरपालिका-१ उम्लिङ खोलागाउँको सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको फैसला सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई कैद सजाय तोकिएको हो । 

एक जना  १७ वर्षीय किशोरलाई भने हत्या र चोरीको मुद्दामा गरेर १७ वर्ष ४ महिना कारावास हुने फैसला भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले बताए। 

२०७८ भदौ २१ गते बिहान ८४ वर्षीया पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको थियो।

सो प्रकरणमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की र ४९ वर्षीय रणबहादुर कार्की छन् । अर्का एक जना १७ वर्षीय किशोरलाई भने नाबालिग मानेर २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको गौतमले जानकारी दिए । 

उनका अनुसार आजीवन कारावास सजाय पाउने ४ जनाले जनही २ लाख क्षतिपूर्ति पनि भर्नुपर्ने र पीडित राहत कोषमा दुई हजार ८ सयका दरले रकम जम्मा गर्नुपर्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद