Media Network

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा शनिवार एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश३–०२–००७प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको  मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद