Media Network

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते


खबरस्टोरी संवाददाता

७ कार्तिक २०७८,आईतवार

काठमाडौं । सल्यानबाट दाङ आउँदै गरेको जिप आइतबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीको सडकबाट तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोबिन्द थापाले जानकारी दिए।

दुर्घटनाका घाइते मध्ये २ जनाको अवस्था गम्भीर भएपछि नेपालगञ्ज अस्पताल रिफर गरिएको छ । घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको डीएसपी थापाले बताए। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद