Media Network

सामान्य घाइते चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा पर्ने मोडमा भएको बस दुर्घटनाका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । 

सुनापती हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस मंगलबार विहान सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।

यतिधेरै यात्रुको दुखद निधन हुनुका साथै सबै यात्रु घाइते हुँदा चालक सामान्य घाइते छन् । सामान्य घाइते भएका बस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले प्रेस नोट पठाएको छ ।  

बस दुर्घटनामा ४ जना महिला र ५ जना पुरूष गरी ९ जनाको घटनास्थलमै तथा ३ जना पुरूष र १ जना महिला गरी ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

 १ जनालाई थप उपचारको लागि केएमसी अस्पताल ल्याइयाे

घाइते भएका २१ जनामध्ये १८ जनालाई एम्बुलेन्सद्वारा र ३ जनालाई कैलाश एयरको हेलिकप्टरद्वारा धुलिखेल अस्पताल लगिएकोमा १ जनालाई थप उपचारको लागि केएमसी अस्पताल काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 

बसका सहचालक १९ वर्षीय विष्णुराम खड्का पनि घाइते छन् । सहचालक घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

बस दुर्घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालयहरूबाट प्रहरी टोली खटिई उद्धार कार्य गरेको थियो । 

एकै वडाका ५ जनाको मृत्यु, १९ घाइते

बस दुर्घटनामा परि मृत्यु हुने पाँच जना एकै वडाका छन् । घाइते भई उपचार गराइरहेका १९ जना पनि एउटै वडाका रहेका छन् । 

बसमा अधिकांश रामेछापको सुनापति–५ यात्रीहरु थिए । सुनापती गाउँपालिका ५ की २६ वर्षीया समरिता तमाङ,  ६० वर्षीय ठुला तामाङ,  ३६ वर्षीय ढुकुरे भन्ने खड्क विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, सुनापति ५ कै १९ जनाको बनेपास्थित अस्पतालमा उपचार भइरहेको छ । 

१९ घाइतेको नामावली यसप्रकार छ ः

१. जुना मगर, (४५ वर्ष) सुनापति–५ 

२. राम बहादुर श्रेष्ठ, (४५ वर्ष) सुनापति–५ 

३. आशिष तामाङ, (३४ वर्ष) सुनापति–५ 

४. लाल सिङ तामाङ, (४५ वर्ष) सुनापति–५

५. शोभा श्रेष्ठ, (३५ वर्ष) सुनापति–५ 

६. गोमा खड्का, (५८ वर्ष) सुनापति–५ 

७. बुद्ध तामाङ, (२४ वर्ष) सुनापति–५ 

८. अमिका खड्का, (६२ वर्ष) सुनापति–५ रामेछाप ।

९. कान्छीमाया तामाङ, (४५ वर्ष) सुनापति–५ 

१०. गंगा घले, (२४ वर्ष) सुनापति–५ 

११. मान बहादुर तामाङ, (५८ वर्ष) सुनापति–५ 

१२. बुद्धिलाल श्रेष्ठ, (५६ वर्ष) सुनापति–५ 

१३. बुद्ध बिक, (७ वर्ष) सुनापति–५

१४. चन्द्र श्रेष्ठ, (५५ वर्ष) सुनापति–५

१५. ठुलो सिंह तामाङ, (८० वर्ष) सुनापति–५

१६. सरस्वती खाती, (१६ वर्ष) सुनापति–५

१७. डम्बर कुमारी खाती, (४० वर्ष) सुनापति–५

१८. कान्छीमाया तामाङ, (४९ वर्ष) सुनापति–५

१९. सबिना घिसिङ, (२३ वर्ष) सुनापति–५


Share:
Reaction :
ताजा समाचार
खेलकुद