सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौं। काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो । 

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।