Media Network

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिप चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । 

को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिडिरहेका मेहेतालाई  ठक्कर दिई अनियन्त्रीत भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद