Media Network

सुन्दर सपनाको सहर ‘जैमिनी’ डीपीआरमै सीमित


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

पोखरा । बाग्लुङको जैमिनी नगरपालिका धार्मिक पर्यटकीय दृष्टिकोणले अघि बढ्ने प्रयत्नमा रहेको छ । पर्वत र बाग्लुङको संगम धार्मिक तीर्थस्थल जैमुनीघाटको नामबाट नै नगरपालिकाको नाम जैमुनी राखिएको हो । 

बाटो समेत बन्न नसकेर ओझेलमा परेको कुश्मीशेरा नगरपालिकाको प्रशासनिक केन्द्र बनेसँगै विकासले गति लिन थाल्यो । २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाकालाई धार्मिक पर्यटकीयरुपमा विकास गर्ने भन्दै पर्यटन गुरुयोजना बनाए । 

गाजाको दह, माइस्थान, जैमिनी घाट, भैरवस्थान, जैमिनी ऋषि शिव मन्दिर, राधाकृष्ण मन्दिर, हाडिकोट लगायतमा धार्मिक तथा पर्यटकीयस्थललाई पर्यटन गुरुयोजनाको डीपीआर तयार गरेसँगै विकासले कोल्टे फेर्ने सुन्दर सपना जैमुनीबासीले सोंचे । लाखौं खर्च गरेर बनाएको डीपीआर भने डीपीआरमै सीमित बनेको छ । 

नगरपालिकाका प्रमुख र उपप्रमुख फरक फरक पार्टीको बनेपछि काममा पनि कहिल्यै तालमेल मिलेन । तर कार्यकाल सकिने अन्तिम समयसम्म पनि नगरपालिका प्रमुख इन्द्रराज पौडेल र उपप्रमुख लिला राना भने गाउँपालिकाकै निकै ब्यस्त छन् । पौडेललाई फेरि नगरप्रमुखमा दोहोरिने नदोहोरिने अहिलेसम्म भेउ पाएका छैनन् भने उपप्रमुख राना मेयरको टिकट फुत्काउने प्रयत्नमा लागिरहेका छन् । 


‘यतिबेला हामी निकै ब्यस्त छौं,’ नगरप्रमुख पौडेलले भने, –‘नगरपालिकाको कामकै शिलशिलामा ब्यस्त छौं ।’ विकास निर्माणबारेमा कुरा गर्नेसमेत फुर्सद नभएको म्याद सकिन लागेका जनप्रतिनिधिहरु बताउँछन् । 

वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको जैमिनी नगरपालिका वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको स्थानीय जनप्रतिनिधि बताउँछन् । नगरपालिकाको मध्ये भागमा जैमिनीधाम रहेको छ । 

कालिगण्डकीको मध्यभागमा पर्ने जैमिनी नगरपालिका कालिगण्डकी कोरिडोरबाट भारत र चीनसँग समेत जोडिएको छ । पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग सीमा जोडिएको जैमिनी नगरपालिकामा ब्र्राह्मण, क्षेत्री, मगर आदि जातिको वाहुल्यता रहेको छ ।


दक्षिण एशियाकै शक्ति राष्ट्र चीनको सिमावर्ती क्षेत्रमा पर्ने जैमिनीले विकासले भने निकै पछाडी छ । पर्यटन प्रवद्र्धन गरी विकास गर्ने लक्ष्य राखेको जैमिनीले अबको विकासको गोरेटो कोर्ने जनप्रतिनिधि कस्ता चुनिने हुन्, त्यो भने हेर्न बाँकी छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद