महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शुक्रबार रातीदेखि नै भारी वर्षा भएको छ । शुक्रबार रातीदेखि शनिवार विहानसम्म पनि भारी वर्षा भइरहेकाले भीषण बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरिएको छ ।
गत वर्ष मेलम्चीमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भएको थियो । २०७२ को महाभूकम्पले भिरालो जमिन कमजोर बनाएको भन्दै बस्ती नै सार्नुपर्ने विज्ञहरुले सुझाव दिएका थिए । यद्यपि त्यसतर्फ सरकारले ध्यान दिएको छैन ।
देशको पूर्वी भेगमा पनि शुक्रबार रातीदेखि भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम कर्णाली प्रदेशमा तीन दिन भारी वर्षाको पूर्वानुमान गरेको थियो ।