Media Network

सञ्चारमन्त्री कार्की आइसोलेसनमा


खबरस्टोरी संवाददाता

२५ पुष २०७८,आईतवार

काठमाडौं ।  सत्ता गठबन्धनका अधिंकाशं नेताहरुमा कोरोना  संक्रमण पुष्टि भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका मन्त्री कार्की सरकारका प्रवक्तासमेत हुन् । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद