Media Network

सप्तकोशीमा बढ्यो पानीको बहाव, डुंगा चलाउन निषेध


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।

पानीको बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले नदीमा डुंगा चलाउन पूर्ण रूपमा  निषेध गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न समेत प्रतिबन्ध लगाइएकोे छ ।

प्रशासनले कोसीको बाँध तथा स्पर र नोज अनुगमन कार्यलाई निरन्तरता दिएको छ । सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ । 

पछिल्लो मापनानुसार सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख २६ हजार ५०५ क्युसेक रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् ।

नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरू सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।  प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद