Media Network

सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा बिहीबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईवस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव छन् । 

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बरसाइनका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेश पालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी खटाइएको छ ।

यस्तै, बाग्लुङको बडीगाँड गाउँपालिका–३ शिसाखानी बस्ने ७० वर्षीय राम प्रसाद श्रीषको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको छ । 

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर राम प्रसादको मृत्यु भई शव घरमा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद