Media Network

सर्वोच्चको ‘फुलकोर्ट’ आज, १४ न्यायाधीशले बहिस्कार गर्ने


खबरस्टोरी संवाददाता

८ कार्तिक २०७८,सोमबार

काठमाडौँ। आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्ट बैठक बस्दैछ । आँफु विवादमा तानिँदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीसहित आज दिउँसो साँढे १ बजेका लागि ‘फुलकोर्ट’ बैठक बोलाएका हुन् ।

तर असन्तुष्ट १४ न्यायाधीशहरूले भने बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीशले फुलकोर्ट बैठक बोलाएपछि आइतबारै अपराह्न सर्वोच्च अदालतमै बसेको १४ जना न्यायाधीशहरूको बैठकले त्यसमा सहभागी नहुने निर्णय गरेको हो ।

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेको लगायत आरोपका कारण घेराबन्दीमा परेका जबराले आइतबार बार एसोसिएसनसँगको बैठकपछि फुलकोर्ट बोलाएका हुन् ।  सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव पनि बढ्दै गएको छ । तर उनले अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने फुलकोर्टमै छलफल गर्ने बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद