Media Network

सर्वोच्चमा आज पनि बारको धर्ना, प्रधानन्यायाधीश जबरालाई गेटमै रोक्ने तयारी


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७८,आईतवार

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्चको गेटमै रोक्ने तयारीसहित आज पनि धर्ना दिंदैछन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ। प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। 

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद