Media Network

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। इन्धनको मूल्य बढेसँगै लामाे दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेको हो  ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको छ । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

 विभागका अनुसार यात्रुबाहक सवारीको भाडा २.५ प्रतिशतले  बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.७ प्रतिशतले भाडा वृद्धि भएको हो। 

विभागले जेठ २७ गतेबाट नयाँ भाडादर लागू हुने जानकारी दिएको छ। आयल निगमले शुक्रबारबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।  यसकै आधारमा अब प्रदेशहरुले पनि छोटो दुरीको सवारी भाडा बढाउनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद