Media Network

संसद्को अन्तर्राष्ट्रिय समितिले प्रधानसेनापतिलाई छलफलका लागि डाक्यो


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौ । नेपाली सेनाले अमेरिकी नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलमा डाकेको छ । 

समितिको बैठक शुक्रबार बिहान ९ बजे बस्दै छ ।

समितिले प्रधानसेनापतिसहित परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्र स्वचित भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ ।

यस अघि नेपाली सेनाले एसपीपी सम्झौता नभएको बताए पनि सेनाले २०१५ को अक्टोबर २७ मा अमेरिकालाई एसपीपीमा आवद्ध हुन पत्र लेखेको सार्बजनिक भएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद