Media Network

संसदीय विशेष समितिले अर्थ मन्त्रालयमै पुगेर गर्यो ‘सिसिटिभी एंगल’ निरीक्षण


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा भएको अनियमितताको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ।  

बुधबार अपराह्न अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसिटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो। अर्थमन्त्रीको कार्यकक्षमा जडान गरिएको सिसिटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरेको छ ।

यसैबीच समितिले सो घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार (भोलि) दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरेको छ। सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरू समितिलाई उपलब्ध गराउन आजै (बुधबार) बिहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद