सुनसरीको भारतीय सीमावर्ती क्षेत्र नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागेर कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएसँगै सुनसरी तनावग्रस्त बनेको छ ।
स्थानीयका अनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको र बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र प्रहरी रहेका थिए । घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फायरिङ भएको भएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फायरिङ भएको बताए । जवाफी फायरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडीबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाइ छ ।