Media Network

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु भएको छ । 

शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पु¥याइएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो एवं अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ ।मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ ।

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथयात्रा निकाल्ने गरिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद