Media Network

सद्गुरु भन्छन्- नेपाल आउनूस्, अर्को स्वर्ग खोज्नु पर्दैन 


खबरस्टोरी संवाददाता

१९ भाद्र २०७८,शनिबार

काठमाडौँ \ नेपाल भ्रमणमा रहेका भारतीय योग गुरु तथा कुशल प्रवचक सद्गुरुले सम्पूर्ण विश्व समुदायलाई नेपाल घुम्नका लागि आह्वान गरेका छन् ।  सद्गुरु दुई साताका लागि नेपाल भ्रमणमा आएका हुन् ।उनी ९ दिनको मानसरोवर यात्रापछि यतिबेला काठमाडौँमा छन् ।

 मानसरोवरको भ्रमणपछि  काठमाडौमा पत्रकार सम्मेलनमा बोल्दै सद्गुरुले नेपाल प्राकृतिक सौन्दर्यले भरिएको बताए ।
उनले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै अर्को स्वर्ग खोज्नु नपर्ने बताए । हुम्लाको लिमी उपत्याका, तिप्ताला हुँदै कैलाश पर्वत र मानसरोवनको अवलोकन गरी काठमाडौँ आएका उनले नेपालले आगामी १० वर्षमा पर्यटनमा फड्को मार्नसक्ने बताए । चीन प्रवेश नगरिकनै नेपालकै मार्ग भएर मानसरोवर पुगेको यो पहिलो यात्रा समेत थियो ।

‘नेपालसँग प्रकृति र संस्कृति छ । नेपाल आउँदा मलाई मन र शरीरमा साकारात्मक उर्जा पैदा हुन्छ । त्यसैल म १५ वर्षदेखि लागातार आउँदैछु । नेपालको प्राकृतिले मानिसलाई आन्नदित बनाउँछन्, शान्ति प्रादन गर्छ । प्राकृतिक सुन्दरतालाई वर्णन गर्ने मसँग कुनै शब्द छैन’ सद्गुरुले भने ।

नेपालको सौन्दर्यलाई नजिकबाट महसुश गर्नेलाई स्वर्ग गइराख्नु नपर्ने उनको भनाइ थियो । उनले भने ‘आँखा खोलेर हेर्नुस् नेपाल सुन्दर छ । नेपाललाई महसूश जसले गर्छ उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन । मलाई बेलायत, अमेरिका, युरोप त्यतिधेरै घुम्न मन पर्दैन जति नेपाल घुम्न मन पर्छ ।


 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद