Media Network

स्थानीय निर्वाचन :एउटै वडामा ९०६ मत बदर


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

दाङ । दाङको तुलसीपुरको एउटै वडामा ९०६ मत बदर भएको पाइएको छ। तीन हजार ७४१ मत खसेको उक्त वडामा ९०६ मत बदर भएको हो। बदर भएको उक्त मत उपमेयर पदको मात्र हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाट उक्त मत बदर भएको हो

तुलसीपुर–४ मा पनि त्यतिकै मत बदर भएको छ। चार हजार १७७ मत खसेको ४ नं वडामा ८६१ मत बदर भएको छ। त्यसैगरी, वडा नं १ बाट ३९६ र वडा नं २ बाट ३६४ मत बदर भएको छ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद