Media Network

स्थानीय निर्वाचन : देवचुलीको ११ वटा वडामा एमाले र ६ वटा वडामा गठबन्धनको जित


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

नवलपुर । देशभर सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत पूर्वी नवलपुरको देवचुलीमा ११ वटा वडामा नेकपा एमाले र ६ वटा वडामा गठबन्धनले जित हात पारेको छ ।काग्रेसको पकड क्षेत्र मानिने देवचुली नगरपालिकाका अधिकांस वडामा यो पकट एमालेले जित हासिल गरेको छ ।

देवचुली नगरपालिका वडा नं १ मा कृष्णबहादुर केसी, वडा नं २ मा शरद प्रसाद घिमिरे, वडा ४ मा गिरबहादुर थापा क्षेत्री राम, वडा नं ५ मा कृष्णप्रसाद सापकोटा, वडा नं ६ मा मिनबहादुर सोती, वडा नं ७ मा भूमिसरा आले, वडा नं ८ मा नुनप्रसाद बाचे, वडा नं ११ मा तिल प्रसाद काफ्ले, वडा नं १४ मा गोपाल थापा, वडा नं १६ मा केशवराज गौतम र वडा नं १७ मा गणेशप्रसाद चालिसे नेकपा एमालेबाट विजयी भएका छन् भने देवचुली वडा नं ३ मा होमनाथ पौडेल, वडा नं ९ मा बलिराम सापकोटा, वडा नं १० रेप्तीकुमार घर्ती मगर, वडा नं १२ मा लोक प्रसाद भुर्तेल, वडा नं १३ मा एकदेव पौडेल र वडा नं १५ मा सुरेशकुमार रानाभाटले नेपाली काँग्रेस (गठबन्धन) बाट जित हासिल गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा देवचुलीका अधिकांस वडामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यो क्षेत्रबाट बीपी पुत्र शशाक कोईरालाले संसदमा प्रतिनिधित्व गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद