स्थानीय निर्वाचनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
स्थानीय निर्वाचनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले स्थानीय निर्वाचनको मितिविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिन अश्वीकार गरेको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख ३० मा निर्धारित चुनाव सार्न परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सरकारले तोकेको वैशाख ३० को निर्वाचनले २०७४ असोजमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै रिट दर्ता गरेका थिए।