Media Network

स्थानीय तहको बजेट : कुन महानगरको कति ?


अञ्जन बस्नेत

१० असार २०८०,आईतवार

काठमाडौँ । आज देशभरको स्थानीय सरकारले आफ्नो बजेट विनियोजन सार्वजानिक गर्दै छ । आर्थिक बर्ष २०८०/८१को अमुमानीत लक्ष्य तथा योजनाहरु सार्वजानिक गरिरहेको छन्। 

प्रमुख शहर तथा महानगरपालिकाको बजेटहरु धमाधम प्रस्तुत भइसकेको छ । ६ वटा महानगरपालिकाको बजेटमध्यमा सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाको २५ अर्ब रहको छ भने सबैभन्दा कम विरगंज महानगरपालिकाको ३ अर्ब २१ करोड रहेको छ । 

काठमाडौँ महानगरपालिका 

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । यस अन्तर्गत चालुतर्फ रु. ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु. १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ ।

महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत योजना छनौट गरी ३ अर्ब ८० करोड विनियोजन गरिएको बताएकी छन् । त्यस्तै २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब छुट्याइएको छ । महानगरपालिकाले यस वर्ष सबैभन्दा बढी बजेट सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि छुट्याएको छ ।

भरतपुर महानगरपालिका 

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट विनियोजन गरेको छ। बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रेदश सरकारको राजश्व बाडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।

महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरुको समयमै सम्पन्न गर्नका लागि १ अर्व ६५ करोड बजेट विनियोजन गरेको छ।

भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँका बजेट प्रस्तुत गरेको छ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चालू खर्चतर्फ १ अर्ब ५१ करोड ८३ लाख, पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार तथा वित्तीय व्यवस्थातर्फ ऋणको सावा ब्याज भुक्तानी ५ करोड विनियोजन गरेको छ । 

उक्त खर्च बेहोर्ने स्रोतमा महानगरपालिकाले संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट  ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपैयाँ हुने अनुमान गरेको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने महानगरको अनुमान रहेको छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ । महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ भने १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ ।

यस्तै, महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ । यस्तै विपद व्यवस्थापन डिआरआर सव– सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट–हरियाली÷पार्क निर्माणमा जोड दिएको छ ।

वीरगन्ज महानगरपालिका

वीरगन्ज महानगरपालिकाले आव २०८०/८१ का लागि बजेट असार ६ गते नै ल्याएको थियो । वीगन्जले ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो । चालु आव २०७९/८० को तुलनामा वीरगन्जले ल्याएको बजेट १ अर्ब २३ करोड कम अर्थात ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार रुपैयाँको छ ।

चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार (७७ प्रतिशत) र पुँजीगततर्फ ६९ करोड ७९ लाख १५ हजार (२२ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको महानगरका उपप्रमुख इम्तियाज आलमले बताएका छन् । त्यस्तै, वित्तीय व्यवस्थातर्फ महानगरले ३ करोड ६३ लाख २४ हजार (१ प्रतिशत) विनियोजन गरेको छ ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको छ।

पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो । पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद