विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागेको जनाएको छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ। विभागले बागमती प्रदेशको एकान्तकुना र गर्जुधारा तथा गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने बताएको छ।
सवारीहरुमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानुन बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएकोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
त्यस्तै इम्बोस्ट नम्बर प्लेट जडानले सवारी कर उठाउन सजिलो हुने देखिन्छ। लामो समयदेखि कर नतिरी चलाइएका सवारी साधनको हकमा कर तिरेर मात्र इम्बोस्ट नम्बर प्लेट जडान गर्न सकिनेछ।