Media Network

सवारी दुर्घटनामा चार जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । जाजरकोटको शुक्रबार विहान बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने गुल्मीमा जेसीबी पल्टिदा एक जनाको मृत्यु भएको छ । 

जाजरकोटको जुनिचांदे गाउँपालिका–५ वलेबन भन्ने स्थानमा कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जिप ब्रेक फेल भई रोडबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अन्य ८ जनामध्ये ५ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा प्रादेशिक अस्पताल सुर्खेत पठाइएको तथा अन्य ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर र अन्य ५ जनाको सामान्य रहेको छ । 

यस्तै, गुल्मी, छत्रकोट गाउँपालिका–२ रातापानीस्थित सडकमा अन टेष्ट लेखिएको जेसीबी बाटोदेखि करिब ५ सय मिटर तल पल्टिएर बिहीबार राति दुर्घटना हुँदा जेसीबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ तिलकपुर बस्ने ३३ वर्षीय यज्ञ वलीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद