Media Network

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–३ बुटहास्थित सडकमा ना.७ त २०४८ नम्बरको ट्याक्टरले लु.२१ प ७५२१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ गैडाहवा बस्ने ४५ वर्षीय  बाबुलाल चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ । 

कपिलवस्तु, कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अस्लाम धुनियाकी छोरी ३ वर्षीया मरेम धुनियाको आइतबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

इलाम, सूर्योदय नगरपालिका–४ श्रीखोलास्थित सडक किनाराको नालामा को.३३ प १५५२ नम्बरको मोटरसाइकल शनिवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–४ कंचनवारी घर भएका ३३ वर्षीय सुरज दनुवारको मृत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद