Media Network

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

ललितपुर महानगरपालिका–१५, थसिखेल चोकमा वाग्मती प्रदेश ०२–०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१०, लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–१०, यूएन पुलनजिकै सडकमा वाग्मती प्रदेश ०२०२६प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद