“पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस राख्ने, विज्ञप्ति÷अपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबीच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्न÷नगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता (पत्रकार)हरूलाई सचेत गराउँदछ ।”
आचारसंहिता प्रतिकूलता समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचार संहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको भन्दै काउन्सिलले पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरेको जनाएको छ ।