Media Network

५ सय बढी धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरमा


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं। धार्मिक पर्यटक बोकेको भारतीय रेल बिहीबार जनकपुर आइपुगेको छ।१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव“ भारतीय रेल आज दिउँसो जनकपुरको रेल्वेस्टेशनमा आइपुगेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव लगायतले रेललाई स्वागत गरेका थिए । र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमारले पनि स्वागत गरेका थिए ।

जुन २१ जुन २०२२ मा भारतको नयाँ दिल्लामा भारतका रेल मन्त्री तथा पर्यटन मन्त्रीले संयुक्त रूपमा झण्डा देखाएर याता सुरु भएको रेल आज जनकपुरधाम आईपुगेको हो । यो भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक रेल हो। भारत र नेपालका प्रधानमन्त्रीहरुले गत ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

रेलमा आएका पर्यटकहरूले जानकी मन्दिरको दर्शन गर्ने छन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने छन् र गंगा आरतीमा सहभागी हुने जनाईएको छ ।उनीहरु भोलि जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद