Media Network

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी


खबरस्टोरी संवाददाता

३० बैशाख २०७९,शुक्रबार

काठमाडौं।  स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद