मेयरमा एमालेका कृष्ण खाँणले प्रतिस्पर्धी वालिङ नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका दिलिपप्रताप खाँणलाई २ हजार १ सय ८३ मतान्तरले पछाडि पार्दै निर्वाचित हुँदा उपमेयरमा कांग्रेसकी उम्मेदवार कविता तिवारीले प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ४ सय ८२ मतान्तरले पछि पादै विजयी भएकी हुन् । तिवारीले १२ हजार ८ सय २२ मत प्राप्त गरिन् ।
वालिङ नगरपालिकाका १४ वडामध्ये कांग्रेसले ६ र एमालेले ८ वडाध्यक्ष जितेका छन् । निर्वाचन कार्यालयको सचिवालयका अनुसार वडा नम्बर १ मा कांग्रेसका पदमराज गुरुङ, २ मा कांग्रेसका पोतबहादुर लम्साल, ३ मा एमालेका भीमबहादुर गुरुङ, ४ मा एमालेका हरिप्रसाद खनाल, ५ मा कांग्रेसका छवि आले, ६ मा एमालेका श्यामकृष्ण श्रेष्ठ, ७ मा एमालेका पाण्डुकुमार थापा, ८ मा एमालेका दामोदर तिवारी, ९ मा एमालेका अमृत श्रेष्ठ, १० मा कांग्रेसका सुनिल खनाल, ११ मा कांग्रेसका डण्डापानी पंगेनी, १२ मा एमालेका विश्वजंग गुरुङ, १३ मा एमालेका नमलाल डुम्रे र १४ मा कांग्रेसका राजु कुँवर अध्यक्ष निर्वाचित भएका छन् ।