Media Network

शेखरले भने, चुनाव नभए संसद पुर्नस्थापना


खबरस्टोरी संवाददाता

२ पुष २०८२,बुधबार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा तोकिएको समयमा निर्वाचन हुन नसके संसद पुर्नस्थापना हुने बताएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गरिसकेको हुनाले शान्ति–सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको बताए । 

५ हजार कैदीहरू अझै फरार रहेका र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा चुनावको सुनिश्चिततामा भने उनले प्रश्न उठाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न रोक लगाइएको विषयलाई कोइरालाले निर्वाचन भाँड्ने संकेतका रूपमा अथ्र्याएका छन् । भदौमा भएको जेनजी प्रदर्शनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई उपत्यका बाहिर जान रोक लगाएको छ ।

मुख्य विपक्षी दलको नेतालाई हिँडडुलमा प्रतिबन्ध लगाइनुले निर्वाचन हुने कुरामा शंका उब्जाएको उनको तर्क छ । प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने सरकारले ४५ जनालाई शहीद घोषणा गरिसकेको छ ।

निर्धारित मितिमा निर्वाचन हुन नसके देश थप संकटमा जाने कोइरालाको आकलन छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद