Media Network

श्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटनाः एक जनाको मृत्यु, ८ घाइते


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । 

स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । 

चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद