Media Network

तिहारमा ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्नुहोस् : कुलमान घिसिङ


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०७८,मंगलवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार विद्युत दिन कुनै समस्या नरहेको बताएका छन् ।

उनले गत भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको उल्लेख गर्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए । उनका अनुसार अहिले पनि आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी रहेको छ ।

उनले भनेका छन्, ‘विद्युतको माग जति आएपनि हामी तिहारमा उपभोक्तालाई विजुली दिन्छौं । ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्नुहोस् ।’

उनले थप भनेका छन्, ‘बाहिर प्राधिकरणले तिहारमा मागअनुसार विजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन् । तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद