Media Network

टेकुको फोहोर प्लाष्टिकले छोपियो


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाको बर्षातले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन ।

सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो ।

यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुने विश्वास छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद