Media Network

तालिमका क्रममा लडेका प्रहरी जवानको मृत्यु


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा तालिमका क्रममा भएको दौडमा लडेका प्रहरीको मृत्यु भएको छ । लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको नेपाली प्रहरीले पुष्टी गरेको हो । 

बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए । उनको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए । उनको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद