Media Network

तमलोपाको चुनावी घोषणापत्र जनकपुरबाट सार्वजनिक


खबरस्टोरी संवाददाता

१२ चैत्र २०७८,शनिबार

जनकपुर । तराई मधेस लोकतान्त्रिक पार्टीले जनकपुरबाट आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रममा तमलोपाले समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहितको १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

वृषेशचन्द्र लाल नेतृत्वमा नवगठित तमलोपाले आफ्नो चुनावी घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रूपमा स्थानीय तहको निर्वाचनलाई लिएको उल्लेख गरेको छ । उसले पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्ष गरिरहने पनि घोषणापत्रमा लेखेको छ । 

तमलोपाले आफ्नो घोषणापत्रमा संविधान संशोधनको मुद्दा उठाएको छ भने १० वटा राज्यको प्रादेशिक संरचना हुनुपर्ने उल्लेख गरेको छ । 

तमलोपाले स्थानीय निर्वाचन र पार्टीबारे जनकपुरधाममा शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नै अध्यक्ष लालले स्थानीय तह लक्षित चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । 

कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंहले तमलोपा भविष्यमा देशलाई राजनीतिक विकल्प दिने दाबी गरे । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद