Media Network

तीन जिल्लाका सिडियो हेरफेर


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सिडियो प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

मन्त्रालयले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।भोजपुरका प्रमुख जिल्ला अधिकारी वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सरुवा गरेको छ भने खोटाङका फणीन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।

यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय अन्तरगत सरुवा भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद