Media Network

तिनाउ गाउँपालिकाको निर्णयः एम्बुलेन्स सेवा निःशुल्क


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले बुटवल, भैरहवा, तानसेन र पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । 

गर्भवती महिलाहरुलाई पनि तानसेन, पाल्पा, बुटवल र भैरहवासम्म एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

त्यसका  लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उनले जानकारी दिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद