Media Network

ताप्लेजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, दर्जनाैं बिस्थापित


खबरस्टोरी संवाददाता

३ असार २०७९,शुक्रबार

काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा विहीबार राती पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले बिष्णु अधिकारीको दुई घर बगाएको छ ।  

वर्षासँगै झरेको पहिरोमा पुरिएर बिष्णुकाे आमा तुलसा अधिकारी र श्रीमति यशोदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए । 

मृतक तुलसाका श्रीमान् बिष्णु घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । 

पहिरोमा पशुचौपायसमेत पुरिएको र विहानदेखि उद्धार कार्य जारी रहेको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा.चित्रकुमार लिम्बुले खबरस्टाेरीलाई जानकारी दिए । उद्धारमा खटिएका गाउँपालिका उपाध्यक्ष लिम्बुका अनुसार विस्थापितहरूकाे उद्धारका लागि हेलिकाेप्टर बाेलाइँदैछ । खेवाङ ठूलाे बस्ती भएकाले ठूलाे संख्यामा विस्थापित भएकाे डा.लिम्बुले बताए । 

खेवाङसहित ताप्लेजुङका विभिन्न ठाउँमा विहीबार राति भीषण पहिरो गएको प्रहरीले जनाएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद